आईतवार, श्रावण १०,२०८३ 09:59:29
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 09:59:29
Bizshala
Global IME Bank Limited

बासी खाना र फोहोर भान्सा भेटिएपछि देउखुरीको होटललाई २५ हजार रुपैयाँ जरिवाना

बासी खाना र फोहोर भान्सा भेटिएपछि देउखुरीको होटललाई २५ हजार रुपैयाँ जरिवाना
New Office

काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको देउखुरी क्षेत्रमा सञ्चालनमा रहेको एक होटललाई यात्रुका लागि बासी तथा अस्वस्थकर खाना परोसेको आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटल लाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कारबाही गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको संयुक्त अनुगमन टोलीले होटलमा गरिएको निरीक्षणका क्रममा फ्रिजमा बासी तथा अस्वस्थकर खाना भण्डारण गरिएको, पकाइने खानामा कृत्रिम रङ प्रयोग गरिएको, भान्साको संरचना मापदण्डअनुसार नभएको, मूल्यसूची प्रदर्शन नगरिएको, नालीमा फोहोर पानी जमेको तथा भान्सामा दुर्गन्ध रहेको जस्ता गम्भीर कमजोरी फेला पारेको थियो।

कार्यालयका अनुसार उक्त होटललाई यसअघि पनि पटकपटक सुधार गर्न निर्देशन दिइएको थियो। तर निर्देशनको पालना नगरी पुरानै अवस्था दोहोरिएपछि यसपटक आर्थिक जरिवाना गरिएको हो।

अनुगमन टोलीले होटललाई तोकिएको २५ हजार रुपैयाँ जरिवाना एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन तथा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।

शुक्रबार गरिएको बजार अनुगमनका क्रममा देउखुरी क्षेत्रका सातवटा होटलको निरीक्षण गरिएको थियो। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.