काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.७६ रुपैयाँ र बिक्रीदर १३६.३६ रुपैयाँ कायम थियो ।
आज यूरो र पाउण्डको मूल्य पनि बढेको छ । एक यूरोको खरिददर आज १५४.९४ रुपैयाँ र बिक्रीदर १५५.६३ रुपैयाँ कायम छ । अघिल्लो दिन एक युरोको खरिददर १५४.०१ रुपैयाँ र बिक्रीदर १५४.६९ रुपैयाँ कायम थियो ।
यस्तै आज एक पाउण्डको खरिददर १८२.२५ रुपैयाँ र बिक्रीदर १८३.०५ रुपैयाँ कायम छ । अघिल्लो दिन भने एक पाउण्डको खरिददर १८१.०५ रुपैयाँ र बिक्रीदर १८१.८५ रुपैयाँ कायम थियो । एक अष्ट्रेलियन डलरको खरिददर ८७.१२ रुपैयाँ र बिक्रीदर ८७.५१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५५ रुपैयाँ र बिक्रीदर ९.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०६ रुपैयाँ र बिक्रीदर ३७.२२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.४६ रुपैयाँ र बिक्रीदर ३१.६० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३५ रुपैयाँ र बिक्रीदर ३७.५१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.५५ रुपैयाँ र बिक्रीदर ४४६.५१ रुपैयाँ कायम भएको छ ।