डलरको भाउ हालसम्मकै उच्च, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस २० गते डलरको भाउ हालसम्मकै उच्च थियो । त्यसदिन प्रतिडलरको बिक्रीदर १३७.५४ रुपैयाँ कायम थियो ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        