यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७०.९४ र बिक्रीदर १७१.६८ रुपैयाँ कायम भएको छ ।

