काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.६७ रुपैयाँ र बिक्रीदर १३७.२७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.५२ रुपैयाँ र बिक्रीदर १३७.१२ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५८.४५ रुपैयाँ र बिक्रीदर १५९.१४ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८५.६७ रुपैयाँ र बिक्रीदर १८६.४८ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.२१ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०५ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३८ रुपैयाँ र बिक्रीदर ३२.५२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.५० रुपैयाँ र बिक्रीदर ३७.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१० रुपैयाँ र बिक्रीदर १०.१४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४६.७५ रुपैयाँ र बिक्रीदर ४४८.७१ रुपैयाँ कायम भएको छ ।