काठमाण्डौ । शोधनान्तर स्थिति ३ खर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अुनसार चालु आवको ९ महिनासम्ममा शोधानान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ बचतमा रहेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति गत आवको सोही अवधिसम्मको तुलनामा ५.१८ प्रतिशतले घटेको छ ।
त्यस्तै, समीक्षा अवधिमा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।
यसर्थमा चालु खाता भने गत आवको सोही अवधिसम्मको तुलनामा १६.९० प्रतिशतले बृद्धि भएको छ ।