राप्रपा र मधेशवादी दलले केपी ओली नेतृत्वमा बन्न लागेको सरकारलाई साथ दिने
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारलाई राप्रपा र मधेशवादी दलहरुले साथ दिने वचन दिएका छन् । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले हालका विपक्षी दलहरुको बैठक बोलाएका थिए । सो बैठकमा सहभागी राप्रपा र विभिन्न मधेशवादी दलका शीर्षस्थ नेताहरुले कांग्रेस एमालेको सहमतिअनुसार बन्न लागेको सरकारलाई साथ दिने र सहभागी हुने वचन दिएका हुन् ।

