सोमबार, श्रावण ११,२०८३ 10:49:21
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:49:21
Bizshala
Global IME Bank Limited

उड्डयन प्राधिकरणको भाडादर: काठमाण्डौबाट धनगढी जानुभन्दा दिल्ली जानु सस्तो !

उड्डयन प्राधिकरणको भाडादर: काठमाण्डौबाट धनगढी जानुभन्दा दिल्ली जानु सस्तो !
New Office

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंतिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई उडानका लागि तोकिएको नयाँ भाडादर सार्वजनिक गरेको छ। तर, तोकिएको भाडादर सामान्यभन्दा निकै उच्च भएकाले यात्रुहरू असन्तुष्ट बनेका छन्।

प्राधिकरणले तोकेको ‘नेपाल सरकारद्वारा स्वीकृत अधिकतम भाडादर’ अनुसार, काठमाडौं–डोमेस्टिक ट्रंक सेक्टरका विभिन्न गन्तव्यमा भाडादर अत्यधिक महँगो पारेको छ। जस्तै, काठमाडौं–भद्रपुर भाडा रु. १२,६२१, काठमाडौं–नेपालगञ्ज रु. १३,७५०, काठमाडौं–धनगढी रु. १७,५७१ र काठमाडौं–सुर्खेत रु. ९०३० तोकिएको छ। निगमले काठमाण्डौबाट धनगढी रुटका लागि तोकेको न्यूनतम भाडादर काठमाण्डौबाट भारतको राजधानी नयाँदिल्लीको हवाई भाडादर भन्दा महंगो हो ।  

यात्रुहरूको गुनासो अनुसार, सामान्य दिनमा सोही गन्तव्यमा ४०–५० प्रतिशत सस्तो भाडामा टिकट पाइने भए पनि चाडपर्व नजिकिँदै गर्दा भाडा अस्वाभाविक रूपमा बढाइएको छ। यस्तो मूल्यवृद्धिले लामो समयदेखि विमान भाडादरमा समस्या झेलिरहेका यात्रुहरूको असन्तोष झन् चुलिएको छ।

प्राधिकरणले चाडपर्वमा टिकट माग अत्यधिक हुने भएकाले यात्रुहरूलाई सहज बनाउन अधिकतम भाडादर तोकिएको दाबी गरेको छ। तर, यात्रु अधिकारकर्मीहरूले भने सरकारले एयरलाइन्स कम्पनीलाई यात्रु शोषण गर्न दिने होइन, सहज र न्यायोचित भाडादर तोक्नुपर्नेमा जोड दिएका छन्।

प्राधिकरणले यात्रुहरूले अधिकतम भाडाभन्दा बढी भुक्तानी गर्नुपरेमा तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत प्रणाली वा ०१४११३६३ नम्बरमा जानकारी दिन आग्रह गरेको छ।

यात्रुहरू भने प्रश्न उठाइरहेका छन्ः “चाडपर्वमा सेवा सुलभ बनाउनुपर्ने हो कि यात्रुलाई थप भार पार्ने ?”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.