महुली लघुवित्तको एफपीओ बाँडफाँड, ९ जनाको भागमा पर्यो ११ कित्ता
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा एक समारोहका बीच एफपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको एफपीओमा कुल १६ लाख ९२ हजार १०६ आवेदकबाट २ करोड २८ लाख ५२ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।