कारोबार र सूचक दुवैमा सुधार,‘बजार परिपक्व बन्दै’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.९७ अंकले बढेर २ हजार ७५८.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ४७१.७९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर १०...