६ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, प्रुभ इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज चारवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।...