तीन बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल रि का लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् ।...