साहज उर्जाको नाफा र आम्दानीमा आकर्षक वृद्धि, सञ्चित मुनाफा २.५६ अर्ब
काठमाण्डौ । साहस उर्जा लिमिटेडको आम्दानी बढ्दा नाफामा राम्रो सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८८.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि...