आईतवार, असार १५,२०८२ 06:27:14
  • आईतवार, असार १५,२०८२ 06:27:14
हिमालयन लाइफ इन्स्योरेन्सको १.१५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

हिमालयन लाइफ इन्स्योरेन्सको १.१५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साविकको गुराँस लाइफ इन्स्योरेन्सको १ लाख १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको...

कालिका लघुवित्तको नाफामा ९.८२% को कमी, खराब कर्जा अनुपात र ईपीएस दुवै घट्यो
STOCK MARKET

कालिका लघुवित्तको नाफामा ९.८२% को कमी, खराब कर्जा अनुपात र ईपीएस दुवै घट्यो

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.८२ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

आँखु खोला जलविद्युृतको नाफा ७०.२७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

आँखु खोला जलविद्युृतको नाफा ७०.२७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । आँखु खोला जलविद्युृत कम्पनी लिमिटेडको खुद नाफामा ७०.२७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २५ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ८६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य वृद्धि भएको छ । कम्पनीले बिद्युत...

सन नेपाल लाइफले डाक्यो एजीएम, लाभांश वितरण र हकप्रद निष्कासन मुख्य अजेण्डा
STOCK MARKET

सन नेपाल लाइफले डाक्यो एजीएम, लाभांश वितरण र हकप्रद निष्कासन मुख्य अजेण्डा

काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैैठकले आगामी जेठ ९ गते बिहान १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस सेयर र...

गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन
STOCK MARKET

गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको कम्पनीले जनाएको छ । बुढाथोकी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका छन् ।...

मनि फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स, सम्हालिने प्रयासमा बजार
STOCK MARKET

मनि फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स, सम्हालिने प्रयासमा बजार

काठमाण्डौं । आज नेप्से परिसूचक १ हजार ९८० को विन्दुमा बन्द भएको छ । गत माघ ३ गते ४ महिनाको उच्च विन्दु २ हजार २२० बाट घटेको बजार आज बजार १ हजार ९८० विन्दुमा बन्द भएको हो ।  बजारले यसपटक पनि १९५० आसपास बेस बनाएको देखिन्छ । आज दिनभर सामान्य अंकले तल माथि गरेको बजार अन्त्यमा करिब १५ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार पनि बढेको छ । पछिल्लो पटकको बजारलाई मनी फ्लो इन्डेक्स...

ग्राउण्ड जिरोका लगानीकर्ताको यस्तो छ बजार रणनीति, भन्छन्‘ बजारमा स्मार्ट मनि पस्यो’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ताको यस्तो छ बजार रणनीति, भन्छन्‘ बजारमा स्मार्ट मनि पस्यो’

काठमाण्डौ । हामीले संधैको साता जस्तै आज पनि विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुको मनोविज्ञान नियाल्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज बजार खुलेदेखि नै बढेर कारोबारको थालनी भएको थियो । लामो समयदेखि बजार सुस्ताएकाले हिजोआज ब्रोकर हाउसहरुमा लगानीकर्ताको उपस्थिति निकै पातलो पाइन्छ ।आज हामीले अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पसेर लगानीकर्ताहरुको विचार...

आइएमई लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरमूल्य बढ्यो, सर्वाधिक कमाउने युनाइटेड अजोड
STOCK MARKET

आइएमई लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरमूल्य बढ्यो, सर्वाधिक कमाउने युनाइटेड अजोड

काठमाण्डौ । साताको पहिलो कारोबार सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १४।३३ अंकले बढेर १९८०.२७ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये ब्यापार समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक चम्किएका छन् ।...

तीन दिनपछि बढ्यो नेप्से, जानकार भन्छन्,‘बजार बढिहाल्यो भन्न हतार हुनसक्छ’
STOCK MARKET

तीन दिनपछि बढ्यो नेप्से, जानकार भन्छन्,‘बजार बढिहाल्यो भन्न हतार हुनसक्छ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । आज ३ दिनपछि नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १४.३३ अंकलेबढेर १ हजार ९८०.२७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७५ प्रतिशतले बढेर ३५०.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर २...

आशा लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

आशा लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको वेशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी जेठ ९ गते बनेपामा रहेको होटल उग्रचण्डीमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति वा खरिद सम्बन्धी प्रक्रिया अघि बढाउनका...

सेयर लगानीकर्ताको आन्दोलन एकदिनमै स्थगन, ‘उधारो आश्वासनमा नेतृत्व भूल्यो’
STOCK MARKET

सेयर लगानीकर्ताको आन्दोलन एकदिनमै स्थगन, ‘उधारो आश्वासनमा नेतृत्व भूल्यो’

काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलन र प्रदर्शन एकदिनमै स्थगन भएको छ ।  लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारलाई दवाब दिने उद्देश्यले सेयर लगानीकर्ताहरुले शनिवारदेखि आन्दोलन थालेका थिए । सो क्रममा उनीहरुले माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।  शनिवारको आन्दोलनलाई ‘डेमो’को रुपमा प्रस्तुत गरिएको थियो । लगानीकर्ताहरुले आफ्ना माग राज्यले नसुनेको भन्दै...

अपर स्याङ्गे हाईड्रोपावरको घाटामा ९१.२९% को कमी, विद्युत बिक्री आम्दानीमा १०६.२१% को उछाल
STOCK MARKET

अपर स्याङ्गे हाईड्रोपावरको घाटामा ९१.२९% को कमी, विद्युत बिक्री आम्दानीमा १०६.२१% को उछाल

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले उल्लेख्य रुपमा घाटा कम गरेको छ । कम्पनी चालु आवको तेस्रो त्रैमाससम्ममा ३४ लाख १७ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९१.२९ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी ३ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४ करोड ७५ लाख रुपैयाँ खुद...

मकर जितुमाया सुरी हाईड्रोपावरको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि जेठ १६ गते समाप्त हुने
STOCK MARKET

मकर जितुमाया सुरी हाईड्रोपावरको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि जेठ १६ गते समाप्त हुने

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको २६ लाख कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुने भएको छ । कम्पनीको सञ्चालक डोल्मा इम्प्याक्ट फण्ड आईको नाममा रहेको कम्पनीको २६ लाख ५ हजार ९ सय कित्ता सेयरको लक इन अवधि  आगामी जेठ १६ गतेबाट समाप्त हुने भएको हो ।  कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डोल्मा इम्प्याक्ट फण्ड आईको राजीनामा २०८० जेठ १७ गते बसेको सञ्चालक...

चिरख्वा हाइड्रोपावरको लक इन अवधि समाप्त
STOCK MARKET

चिरख्वा हाइड्रोपावरको लक इन अवधि समाप्त

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको  ४० हजार कित्ता सेयरको लक इन अवधि वैशाख १५ गते समाप्त भएको हो ।  कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।  

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सेयर खरिद गर्न चाहने इच्छुक...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्राडा. ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठ नियुक्त
STOCK MARKET

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्राडा. ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठ नियुक्त

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले दुईजनालाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।  त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र...

सेयर लगानीकर्ताद्वारा आन्दोलनको घोषणाः लगानी सम्मेलनमा बृहत प्रदर्शन गर्ने चेतावनी, भोलि माइतीघरमा डेमो
STOCK MARKET

सेयर लगानीकर्ताद्वारा आन्दोलनको घोषणाः लगानी सम्मेलनमा बृहत प्रदर्शन गर्ने चेतावनी, भोलि माइतीघरमा डेमो

काठमाण्डौं । विभिन्न लगानीकर्ताहरुको संघ तथा संगठनको आह्वानमा आज भृकुटी मण्डपमा सयौं सेयर लगानीकर्ताहरु भेला भएका छन्।  भेलाले उपेन्द्र पाठकको नेतृत्वमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।  विभिन्न बक्ताहरुले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सुरक्षा गर्न नसकेको आरोप लगाए ।  अगुवा लगानीकर्ता तिलक कोइरलाले लगानीकर्ताहरुको लगानी दैनिक घटेर खरानी हुने...

नेप्सेमा  १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत
STOCK MARKET

नेप्सेमा १९६० को सपोर्ट जोनमा 'इन्भर्टेड ह्यम्मर क्याण्डल', रिभर्सलको संकेत

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार २ दिन बढ्यो भने २ दिन नै घट्यो । अघिल्लो साता १९७२.१४ मा बन्द भएको बजार यो साता १९६५.९३  को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता दोस्रो बजारमा ६.१४ अंकले बजार घट्यो । अघिल्लो साता बजारमा ५३.५६ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा ९.१२  अर्बको कारोबार भयो । अघिल्लो साता भने बजारमा १०.०५ अर्बबराबरको...

यी ४८ सूत्र नजानी सेयर बजारमा प्रवेश नगरेकै राम्रो !
STOCK MARKET

यी ४८ सूत्र नजानी सेयर बजारमा प्रवेश नगरेकै राम्रो !

काठमाण्डौ । विलियम ओनिल्सको किताब ‘ट्वान्टी फोर एसेनसियल लेसन्स फर इन्भेष्टमेन्ट सक्सेस’मा स्टक मार्केटमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि निकै धेरै उपयोगी टिप्सहरु दिइएको छ । यही किताबको अध्ययनपछि हामीले तपाईंलाई किताबको निश्कर्षको रुपमा ४८ वटा निकै उपयोगी सेयर लगानीका टिप्स तयार गरेका छौ । यो किताबको मुख्य विशेषता भनेको हरेक प्रस्तुतीको सामान्यीकरण पनि हो ।...

सर्वसाधारणका लागि नेशनल लाइफ इन्स्योरेन्सको संंस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सर्वसाधारणका लागि नेशनल लाइफ इन्स्योरेन्सको संंस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ ।  कम्पनीले नेशनल लाइफको १५ हजार ९४५ कित्ता सेयर आजदेखि लिलामीमा राखेको हो ।  इच्छुक लगानीकर्ताले आगामी वैशाख २१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य २२५ रुपैयाँ निर्धारण...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.