काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।
जीवन बीमा समूह ६.३३ प्रतिशत र निर्जीवन बीमा समूह ५.०२ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरुमा आज हिमालयन रि इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको सेयरमूल्य ०.४७ प्रतिशतले बृद्धि भई ८४९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ८.०२ प्रतिशतले घटेर ६०८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइएमई लाइफको ७.२७ प्रतिशत, हिमालयन लाइफको ७.२० प्रतिशत, एलआइसी नेपालको ६.७६ प्रतिशत, रिलाबयल नेपाल लाइफको ६.७३ प्रतिशत, नेशनल लाइफको ६.४० प्रतिशत, सिटिजन लाइफको ६.२५ प्रतिशत, सानिमा जिआइसीको ५.९८ प्रतिशत, हिमालयन एभरेष्टको ५.९२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ५.८८ प्रतिशत, सुर्यज्योति लाइफको ५.८५ प्रतिशत, सन नेपाल लाइफको ५.६३ प्रतिशत, नेपाल लाइफको ५.३९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५.३१ प्रतिशत, आरबीसीएलको ५.०९ प्रतिशत र नेको इन्स्योरेन्सको ५.०५ प्रतिशतले सेयरभाउ घटेको छ ।
यसका साथै एशियन लाइफको ५.०४ प्रतिशत, शिखर इन्स्योरेन्सको ३.५२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.३१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३.०१ प्रतिशतले घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                