बुधबार, भाद्र ११,२०८२ 10:59:40
  • बुधबार, भाद्र ११,२०८२ 10:59:40
प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
STOCK MARKET

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् ।  प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%
STOCK MARKET

डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३३२.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १५ करोड ९८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा संस्थाले १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ३४.४५...

तीन साता लगातार घटेको बजार सपोर्ट जोन नजिक, अबको सम्भावना कस्तो ?
STOCK MARKET

तीन साता लगातार घटेको बजार सपोर्ट जोन नजिक, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । यो साता आइतबार गाईजात्राको सार्वजनिक बिदा परेका कारण सेयर बजारमा ४ दिन मात्रै कारोबार भयो । अघिल्लो साता ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो ।  अघिल्लो साता २ हजार ८५०.३७ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको छ  । यस हिसाबले यो साता बजार ६२.०१ अंकले घट्यो । अघिल्लो साता...

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो
STOCK MARKET

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो

काठमाण्डौ । लगानीकर्ताले सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्य हटाउन नेप्सेसमक्ष माग राखेका छन् । पूँजीबजारका सक्रिय लगानीकर्ता आदित्य पौड्यालले अन्तिम १५ मिनेटको व्यवस्था हटाउन आग्रह गर्दै साउन ३० गते नेप्सेमा निवेदन दिएका हुन् ।  नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको व्यवस्था अवैज्ञानिक भएको र यसले पूँजीबवजारको विकास र स्थायित्वलाई नै प्रभाव पारेको...

अघिल्लो आवमा घाटामा रहेको मकर जितुमाया सुरीद्वारा ४.९४ करोड नाफा आर्जन
STOCK MARKET

अघिल्लो आवमा घाटामा रहेको मकर जितुमाया सुरीद्वारा ४.९४ करोड नाफा आर्जन

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३३ लाख ४ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.७३ प्रतिशतले बढी हो ।  

पियोर इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

पियोर इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २४ गते काठमाण्डौको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

बेष्ट फाइनान्सले कमायो २०.७७ लाख नाफा, वितरणयोग्य मुनाफा ३० करोड बढीले ऋणात्मक
STOCK MARKET

बेष्ट फाइनान्सले कमायो २०.७७ लाख नाफा, वितरणयोग्य मुनाफा ३० करोड बढीले ऋणात्मक

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेड नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६ लाख घाटामा थियो ।  यो अवधिमा कम्पनीले १३ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.३१ प्रतिशतले बढी हो ।  यस्तै...

खर्च नियन्त्रण गर्दै चन्द्रागिरी हिल्सले बढायो नाफा
STOCK MARKET

खर्च नियन्त्रण गर्दै चन्द्रागिरी हिल्सले बढायो नाफा

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले खर्च नियन्त्रण गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  नाफा बढेतापनि कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी १०.७६ प्रतिशतले घटेर ७८ करोड २४ लाखमा...

आम्दानीमा कमी आएसँगै एचआईडीसीएलको नाफा ३२% ले घट्यो, ईपीएसमा समेत ह्रास
STOCK MARKET

आम्दानीमा कमी आएसँगै एचआईडीसीएलको नाफा ३२% ले घट्यो, ईपीएसमा समेत ह्रास

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) नाफा ३२.९५ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ९७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ६३.५७% को सुधार, इपीएस कति ?
STOCK MARKET

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ६३.५७% को सुधार, इपीएस कति ?

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ६३.५७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३ करोड १८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवको अन्त्यसम्म ५ करोड २० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले विद्युत बिक्री गरेर गत आवमा २८ करोड २६ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।यो आम्दानी अघिल्लो आवको तुलनामा सामान्य वृद्धि हो । अघिल्लो आवमा यस्तो आम्दानी २८ करोड २६...

राधी विद्युत कम्पनीको नाफा ३०९.३८% ले बढ्यो, इपीएसमा रु.१५.३७ को ग्रोथ
STOCK MARKET

राधी विद्युत कम्पनीको नाफा ३०९.३८% ले बढ्यो, इपीएसमा रु.१५.३७ को ग्रोथ

काठमाण्डौ । राधी विद्युत कम्पनीले ३०९.३८ प्रतिशतले नाफा ग्रोथ गरेको छ । अघिल्लो आवमा जम्मा ९ करोड २७ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ३७ करोड ९८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपछि नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा कम्पनीले बिजुली बेचेर १२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनाममा ३२.३४...

‘एनआई ३१’ को सार्वजनिक निष्कासन आजदेखि
STOCK MARKET

‘एनआई ३१’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना  ‘एनआई ३१ ’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख  इकाइको बिक्री आवेदन खुला गरिएको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने १ करोड ५० लाख...

आम्दानी घटेसँगै सान्भी इनर्जीको नाफामा ६७% को गिरावट
STOCK MARKET

आम्दानी घटेसँगै सान्भी इनर्जीको नाफामा ६७% को गिरावट

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको नाफामा ६७.६१ प्रतिशतको गिारवट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा  भने कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले २१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको आम्दानी...

सिटि होटल १९.८९ करोड घाटामा आम्दानीमा १०% को गिरावट
STOCK MARKET

सिटि होटल १९.८९ करोड घाटामा आम्दानीमा १०% को गिरावट

काठमाण्डौ । सिटि होटल लिमिटेड १९ करोड ८९ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २० करोड ३२ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको आम्दानी पनि घटेको छ । कम्पनीले उक्त अवधिसम्म ५२ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.३२...

वित्त खर्च बढेसँगै अपि पावरको नाफामा गिरावट
STOCK MARKET

वित्त खर्च बढेसँगै अपि पावरको नाफामा गिरावट

काठमाण्डौ । वित्त खर्च बढेसँगै अपि पावर कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४२ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४.६९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४४ करोड ४७ लाख खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब ३६ करोड रुपैयाँ...

सिईडिबी  होल्डिङ्सको नाफामा ५९९% को उछाल, ईपीएस ५५.४५ रुपैयाँ पुग्यो
STOCK MARKET

सिईडिबी होल्डिङ्सको नाफामा ५९९% को उछाल, ईपीएस ५५.४५ रुपैयाँ पुग्यो

काठमाण्डौ । सिईडिबी  होल्डिङ्स लिमिटेडको नाफामा ५९९.१९ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत ६० करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको...

ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

ट्रेड टावरको नाफा ९९% ले घट्दै १.३० लाखमा सीमित, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्केृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो र यसरी कम्पनीको नाफामा ९९.३८ प्रतिशतले घटेको छ ।  कम्पनीको कुल आम्दानी भने बढेको छ । यो अवधिमा...

गोर्खाज फाइनान्स १२.७३ करोड घाटामा, खराब कर्जा अनुपात १६.१० प्रतिशत पुग्यो
STOCK MARKET

गोर्खाज फाइनान्स १२.७३ करोड घाटामा, खराब कर्जा अनुपात १६.१० प्रतिशत पुग्यो

काठमाण्डौ । खुद ब्याज आम्दानी घटेसँगै र इम्पेयरमेन्ट चार्ज बढेसँगै गोर्खाज फाइनान्स लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १२ करोड ७३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड २३ लाख नाफामा थियो ।  कम्पनीको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३० करोड ४१ लाख रुपैयाँ खुद ब्याज...

स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला
STOCK MARKET

स्वस्तिक लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । संस्थाले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको हो ।  संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

हाथवे इन्भेष्टमेन्टद्वारा ६.४९ करोड खुद नाफा आर्जन, आम्दानीमा २९% को गिरावट
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टद्वारा ६.४९ करोड खुद नाफा आर्जन, आम्दानीमा २९% को गिरावट

काठमाण्डौ । आम्दानी घटेतापनि हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ०.३० प्रतिशतले कम हो  ।    अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ४७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.