बिहीबार, भाद्र १२,२०८२ 05:17:59
  • बिहीबार, भाद्र १२,२०८२ 05:17:59
नेपाल हाइड्रो डेभलोपरको नाफा ३३.१८% ले बढ्यो, इपीएसमा पनि सुधार
STOCK MARKET

नेपाल हाइड्रो डेभलोपरको नाफा ३३.१८% ले बढ्यो, इपीएसमा पनि सुधार

काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आवमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३३.१८ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले ४ करोड १ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले गत आवमा बिजुली बेचेर १० करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको...

हिमालयन डिष्टिलरीको नाफा १६१% ले बढ्यो, आम्दानी र ईपीएसमा पनि सुधार
STOCK MARKET

हिमालयन डिष्टिलरीको नाफा १६१% ले बढ्यो, आम्दानी र ईपीएसमा पनि सुधार

काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६१.१३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ५६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि ७७.२८  प्रतिशतले बढेको छ । कम्पनीले २ अर्ब १६ करोड...

अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल
STOCK MARKET

अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १३ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । कम्पनीको...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो
STOCK MARKET

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म  ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८८९.०४ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समेत बढेको छ । कुल आम्दानी  ९००.४४ प्रतिशतले बढ्दै १ अर्ब १ करोड रुपैयाँ...

बुटवल पावरको नाफा १६.५७% ले बढ्यो
STOCK MARKET

बुटवल पावरको नाफा १६.५७% ले बढ्यो

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले २२ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत...

छ्‌याङदी हाइड्रोपावर ४.९७ करोड घाटामा, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

छ्‌याङदी हाइड्रोपावर ४.९७ करोड घाटामा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । आम्दानी बढेसँगै छ्‌याङदी हाइड्रोपावरको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९७ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ७.४८ प्रतिशतले कम हो ।  अघिल्लो त्रैमासमा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३५.५५ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले...

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट
STOCK MARKET

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा समेत गिरावट आएको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ५७ लाखको तुलनामा ४३.२७ प्रतिशतले कम हो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.०३...

भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
STOCK MARKET

भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार आज अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लोपटक साढे २६ अर्बबाट खसेको बजारमा दैनिक कारोबार निरन्तर घटिरहेको छ । आजको कारोबार असार १० गते पछिकै न्यून हो ।  त्यसबेला करिब ६ अर्ब कारोबार भएको थियो । आज भने ६ अर्ब १६ करोड मात्रै कारोबार भएको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ६ अर्ब १६ करोड रुपैयााँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स...

माबिलुङ इनर्जीको आईपीओमा १६.९१ गुणा बढी आवेदन
STOCK MARKET

माबिलुङ इनर्जीको आईपीओमा १६.९१ गुणा बढी आवेदन

दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि
STOCK MARKET

दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड साउन २९ गते हुने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई जारी गरेको आईपीओ काठमाण्डौको नयाँ बानेश्वरमा रहेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुने भएको हो ।  

माउन्ट एभरेष्ट डिष्टिलरीले गर्यो आईपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
STOCK MARKET

माउन्ट एभरेष्ट डिष्टिलरीले गर्यो आईपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाण्डौ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  यस सम्बन्धमा साउन २८ गते काठमाण्डौ नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको...

आईपीओ निष्कासनमा धितोपत्र बोर्डले ‘थ्रेस होल्ड’ लगाउँदै, अब सहजै निष्कासन नहुने
STOCK MARKET

आईपीओ निष्कासनमा धितोपत्र बोर्डले ‘थ्रेस होल्ड’ लगाउँदै, अब सहजै निष्कासन नहुने

काठमाण्डौ । धितोपत्र बोर्डले आईपीओ निष्कासनमा अब थ्रेसहोल्ड लगाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बिजशालासँग संक्षिप्त कुरा गर्दै हालको आईपीओ निष्कासन गर्ने व्यवस्थामा केही परिमार्जन गर्ने सोचमा बोर्ड पुगेको जानकारी दिए ।  श्रेष्ठका अनुसार कम्पनीहरुले पूँजी जुटाउन आबश्यक देखिएका र सेयर निष्कासन गर्न योग्य भएका कम्पनीहरुलाई मात्रै आईपीओ...

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत
STOCK MARKET

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।  

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ
STOCK MARKET

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ ।...

लगातार ३ दिन घट्यो नेप्से, कारोबार पनि दैनिक खुम्चिदै
STOCK MARKET

लगातार ३ दिन घट्यो नेप्से, कारोबार पनि दैनिक खुम्चिदै

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३७ प्रतिशत अर्थात १०.५० अंकले घटेर २ हजार ७८५.७४ विन्दुमा सीमित बनेको छ ।यससँगै नेप्से लगातार ३ दिन घटेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ४८०.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड...

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली
STOCK MARKET

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली

काठमाण्डौ । जापानको सेयरबजार आजपनि नयाँ उचाईमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स १.३० प्रतिशत अर्थात ५५६ अंकले बढेर ४३ हजार २७४ विन्दुमा पुगेको छ ।  यो उचाई हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि निक्की२२५ इन्डेक्सले रेकर्ड कायम गरेको थियो । उक्त दिन निक्की२२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा पुगेको थियो ।  

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त
STOCK MARKET

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाएका हुन्।  नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उनीसेबोनको सदस्यमा नियुक्त भएका हुन्। ऐनमा नेपाल उद्योग वाणिज्य...

जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार देखिएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख...

अपि पावरले विद्युत उत्पादन क्षमता बढाउने, ५० मेगावाटको दिव्य ज्योति हाइड्रोलाई प्राप्ति गर्ने निर्णय
STOCK MARKET

अपि पावरले विद्युत उत्पादन क्षमता बढाउने, ५० मेगावाटको दिव्य ज्योति हाइड्रोलाई प्राप्ति गर्ने निर्णय

काठमाण्डौ । अपि पावर कम्पनीले विद्युत उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले दिव्य ज्योति हाइड्रोपावर प्रालिलाई प्राप्ति गर्ने भएको हो ।  अपि पावरले सो कम्पनीले प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.