सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।