हमासद्वारा रिहा गर्ने बन्धकहरुको सूची सार्वजनिक, छैन विपीन जोशीको नाम
काठमाण्डौ । हमासले रिहा गर्न लागेका बन्धकहरुको सूची सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको हो । सूचीमा रहेका नामहरू २० बन्धकहरू मध्येसँग मेल खान्छ जो अझै जीवित छन् भन्ने विश्वास गरिन्छ। अर्कोतर्फ, इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने नामलाई स्वीकृति दिएको छ।