काठमाण्डौ । हमासले रिहा गर्न लागेका बन्धकहरुको सूची सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार एजेन्सी शेहाबका अनुसार हमासले रिहा गर्न लागेका २० इजरायली बन्धकहरूको सूची जारी गरेको हो ।
सूचीमा रहेका नामहरू २० बन्धकहरू मध्येसँग मेल खान्छ जो अझै जीवित छन् भन्ने विश्वास गरिन्छ। अर्कोतर्फ, इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने नामलाई स्वीकृति दिएको छ।
इजरायली मिडियाका अनुसार इजरायली सरकारका मन्त्रीहरूले आइतबार राति रिहा हुने प्यालेस्टिनी बन्दीहरूको सूचीलाई अनुमोदन गरेका छन्। हारेट्जका अनुसार कुल १७१८ प्यालेस्टिनी बन्दी र गाजा बन्धकरूलाई रिहा गरिने छ।
सोमबार बिहानैदेखि ठूलो संख्यामा इजरायली मानिसहरू बन्धकहरूको रिहाइको लागि तेल अभिभमा भेला भएका छन्।
हमासले रिहा गर्न लागेका बन्धकहरु यस प्रकार छन्ः
बार कुपरस्टाइन,एव्यातार डेविड,योसेफ(चाइम ओहाना,सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन,निमरोड कोहेन,माटान झाङाउकर,डेभिड कुनीओ,एइतान होर्न,माटान एन्ग्रेस्ट,एइतान मोर,गाली बर्मन,जिभ बर्मन,ओम्री मिरान,अलोन ओहेल,गाइ गिल्बोआ–डलाल,रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।
सूचीमा नेपाली विद्यार्थी विपीन जोशीको नाम भने छैन ।