नेपालमै पहिलोपटक ट्याब्लेटमार्फत सवारी चालक अनुमतिपत्रको परीक्षा
काठमाण्डौ । सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा देखिँदै आएको अनियमितता, ढिलासुस्ती र व्यवस्थापकीय चुनौती समाधान गर्ने उद्देश्यसहित गण्डकी प्रदेशअन्तर्गतको नवलपुरस्थित कावासोती यातायात व्यवस्था कार्यालयले डिजिटल परीक्षा प्रणाली सुरु गरेको छ। नेपालमै पहिलो पटक ट्याब्लेटमार्फत लिखित परीक्षा सञ्चालन गर्दै कार्यालयले यातायात सेवामा प्रविधिमैत्री अभ्यासको...

