शनिबार, श्रावण १७,२०८२ 07:58:47
  • शनिबार, श्रावण १७,२०८२ 07:58:47
Global IME Bank Limited

अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने

Hyundai Nepal
अब सवारी लाइसेन्सको अवधि १० वर्ष हुने
Shivam Cement

काठमाण्डौ । अब सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष हुने भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम गरेको हो।  

राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐनमा यसअघि ५ वर्ष अवधि रहेको सवारी चालक अनुमतिपत्रको अवधि बढाएर १० वर्ष पुर्याइएको छ । 

ऐनको दफा २३ मा भनिएको छ, ‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच वर्षसम्म भन्ने शब्दहरुको सट्टा दश वर्षसम्म भन्ने शब्दहरु राखिएका छन् । दफा ५६ को उपदफा ३ मा रहेका पाँच वर्षसम्मको भन्ने शब्दहरुको सट्टा दश वर्षसम्मको भन्ने शब्दहरु राखिएका छन्।’  

Muktinath Bikas Bank Limited

प्रतिनिधि सभाको गत वैशाख १६ गते बसेको बैठकले ‘केही नेपाल ऐन संशोधन विधेयक’ पारित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ दफा ५४ को उपदफा ३ संशोधन गर्दै लाइसेन्सको अवधि १० वर्ष कायम गरेको थियो ।  

यो विधेयक अघिल्लो सरकारले कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ भएका बेला ल्याएको थियो । प्रतिनिधि सभामा २०८० वैशाख २६ मा दर्ता गरिएको यो विधेयक विषयगत समितिमा छलफलपछि २०८१ वैशाख १४ मा पुनः सभामा आएको थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.