खाडी संकटमा सरकारको एक्सन: उद्धार उडान सुरु
काठमाण्डौ । सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा विभिन्न सरकारी निकायबीच भएको छलफलपछि यस्तो निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

