विदेशी विनिमय सञ्चिति १९.६% ले वृद्धि, कति महिनाको आयात धान्न पर्याप्त ?
काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा वृद्धि भएको छ। २०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले बढेर २०८२ मङ्सिर मसान्तमा रु. ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलरमा मापन गर्दा, विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९...

