काठमाण्डौ । विदेशी विनिमय सञ्चिति ४.८ प्रशितले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति साउन महिनामा २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८२ साउन मसान्तमा ४ प्रतिशतले वृद्धि भई २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८२ साउन मसान्तमा १२.० प्रतिशतले वद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।४ प्रतिशत रहेको छ ।