काठमाण्डौ । विदेशी विनिमय सञ्चिति २५.८८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति यस वर्षको जेठ मसान्तसम्म २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत आवको अन्त्यसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा चालु आवको ११ महिनासम्ममा २३ प्रतिशतले वृद्धि भई २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ जेठ मसान्तमा ५३.२ प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको छ ।