जोशी हाईड्रोपावरले पायो ६५% हकप्रद निष्कासनको अनुमति
काठमाण्डौ । जोशी हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रद निष्कासनको अनुमति पाएको हो । कम्पनीले बोर्डबाट ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा हकप्रद निष्कासन गर्न स्वीकृती पाएको छ ।