काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् । असार ६ र ७ गते सेयर बजार बन्द रहने भएकाले यो हकप्रदका लागि आजसम्म सेयरधनी बन्नु पर्नेछ ।
कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी(आईएस)सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।