काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिटिमेडको अध्यक्षमा दिपक कुमार कुशवाह चयन भएका छन् । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुशवाहलाई अध्यक्ष नियुक्त गरेको हो ।
यस्तै बैठकले यसअघिका अध्यक्ष गंगाप्रसाद जोशीको राजीनामा स्वीकृत समेत गरेको छ । जोशीले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएका थिए ।

