किम जोङसँगको भेटमा चिनियाँ राष्ट्रपतिले भने, ‘उत्तर कोरिया र चीनको भाग्य एउटै’
काठमाण्डौ । चीनका राष्ट्रपति सी जिनपिङ २०१९ पछि पहिलो पटक दुई दिने आधिकारिक भ्रमणका लागि उत्तर कोरिया पुगेका छन्। राजधानी प्योङयाङमा आइपुग्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।त्यसपछि सी जिनपिङ र उत्तर कोरियाका नेता किम जोङ उनबीच शिखर बैठक सम्पन्न भयो । जसमा दुवै नेताले द्विपक्षीय सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

