तेलको मूल्य २% बढीले वृद्धि, होर्मुज जलमार्गको तनावले आपूर्ति जोखिम झनै बढ्यो
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्य पुनः वृद्धि भएको छ। अमेरिका र इरानबीच दोस्रो चरणको शान्ति वार्ता अवरुद्ध भएपछि आपूर्तिसम्बन्धी अनिश्चितता बढ्दा तेलको मूल्यमा २ प्रतिशत बढीले वृद्धि भएको हो।अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.१७ प्रतिशत अर्थात २.२९ डलरले बढेर प्रतिब्यारेल करिब १०७.६ डलर पुगेको छ। त्यस्तै, डब्लुटीआई क्रुडको मूल्य पनि २.०३ प्रतिशत...

