आईतवार, बैशाख १३,२०८३ 05:52:57
Bizshala
  • आईतवार, बैशाख १३,२०८३ 05:52:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पश्चिम एसिया तनावका बीच तेल आपूर्तिको विकल्प खोज्दै भारत

Bizshala
पश्चिम एसिया तनावका बीच तेल आपूर्तिको विकल्प खोज्दै भारत
Shivam Cement

काठमाण्डौ । पश्चिम एसियामा करिब दुई महिनादेखि जारी द्वन्द्वका कारण स्ट्रेट अफ हर्मुजबाट हुने तेल आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ। तर आपूर्ति अवरोधपछि भारत भने वैकल्पिक स्रोतहरूतर्फ अग्रसर भएको छ ।

विश्लेषकहरूका अनुसार रूस भारतका लागि प्रमुख  ‘ब्याकस्टप’ का रूपमा देखिएको छ। मार्च महिनामा भारतले रूसबाट दैनिक औसत १९.८ लाख ब्यारेल कच्चा तेल आयात गरेको छ, जुन अघिल्लो महिनाहरूको तुलनामा झण्डै दोब्बर हो।

यो वृद्धि अमेरिकाले समुद्रमा पहिले नै लोड भइसकेको रूसी तेलका लागि दिएको अस्थायी छुटका कारण सम्भव भएको बताइएको छ, जसलाई मे १६ सम्म विस्तार गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भारतले केवल रूसमा निर्भर नरही अन्य बजारहरूबाट पनि आयात बढाएको छ । अंगोलाबाट मार्चमा आयात ३.२७ लाख ब्यारेल प्रतिदिन पुगेको छ, जुन फेब्रुअरीको तुलनामा तीन गुणा बढी हो।

अप्रिलको मध्यसम्म ईरान बाट औसत २.७६ लाख ब्यारेल प्रतिदिन र भेनेजुएला बाट १.३७ लाख ब्यारेल प्रतिदिन तेल आयात भएको छ। यस्तै नाइजीरिया बाट पनि आपूर्ति बढाइएको छ।

वैकल्पिक स्रोतहरूको खोजीले तत्काल संकट कम गरे पनि दीर्घकालीन चुनौतीहरू भने कायमै भएको जनाइएको छ ।

CG Motors
Garima Development Bank
IME remit

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। अप्रिलका सम्झौताह यता ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ५ देखि १५ डलरसम्म महँगो भएको छ।

अफ्रिकी तेलले मध्यपूर्वी तेलको पूर्ण विकल्प दिन नसक्ने अवस्था छ, किनकि भारतीय रिफाइनरीहरू विशेष ग्रेडको तेलका लागि डिजाइन गरिएका छन्।

भारतको समग्र आयातमा भने गिरावट देखिएको छ । फेब्रुअरीमा ५२ लाख ब्यारेल प्रतिदिन रहेको आयात मार्चमा घटेर ४५ लाख ब्यारेलमा सीमित भएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.