ओपन एआईको आम्दानी १० अर्ब डलर पुग्यो
काठमाण्डौ । ओपन एआईले जुन महिनासम्ममा १० अर्ब डलर आम्दानी गरेको छ । कम्पनीले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै एआई व्यवसायको विस्तारका कारण जुन महिनासम्म १० अर्ब डलर आम्दानी भएको जनाएको हो । यससँगै कम्पनीले सन् २०२५ का लागि निर्धारण गरेको आम्दानीको लक्ष्य पुरा हुने देखिएको छ । ओपन एआईले यो वर्ष १२.७ अर्ब डलरबराबरको आम्दानी गर्ने लक्ष्य लिएको छ ।