काठमाण्डौ । ओपन एआईले आफ्नो पहिलो एआई चिप आगामी वर्षबाट उत्पादन गर्ने भएको छ । कम्पनीले अमेरिकी चिप निर्माता कम्पनी ब्रोडकमसँगको सहकार्यमा चिप उत्पादन गर्ने भएको हो ।
कम्पनीले बाह्य ग्राहकका लागि नभई आफ्नो आन्तरिक प्रयोगका लागि चिप उत्पादन गर्न लागेको जनाइएको छ ।
ओपन एआईले मानिसहरु जस्तै प्रश्नको जवाफ दिने जेनेरेटिभ एआईलाई व्यवसायिककरण गर्न सहयोग गरेको छ । गत वर्ष ओपन एआईले ब्रोडकम र ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङसँग मिलेर आफ्नो पहिलो एआई बनाउने खबर बाहिरिएका थिए ।
यसका साथैकम्पनीले पूर्वाधारको माग पूरा गर्न एनभिडियासँग समेत सहकार्य गर्ने जनाइएको थियो । त्यसबेला ओपन एआईले चिप आपूर्तिलाई विविधिकरण गर्न र खर्च घटाउने विकल्पका बारेमा अध्ययन गरेको थियो ।