मंगलवार, बैशाख २२,२०८३ 04:11:13
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 04:11:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ओपनएआईमा ३० अर्ब डलरबराबरको स्वामित्व रहेको सह–संस्थापक ब्रकम्यानको खुलासा

Bizshala
ओपनएआईमा ३० अर्ब डलरबराबरको स्वामित्व रहेको सह–संस्थापक ब्रकम्यानको खुलासा
Shivam Cement

काठमाण्डौ । क्यालिफोर्नियामा जारी बहुचर्चित मुद्दाको सुनुवाइका क्रममा ओपनएआईका सह–संस्थापक तथा अध्यक्ष ग्रेक ब्रकम्यानले कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानसँग आफ्नो पहिलेभन्दा गहिरो वित्तीय सम्बन्ध रहेको खुलासा गरेका छन्। उनले ओपनएआईमा आफ्नो हिस्सेदारी करिब ३० अर्ब अमेरिकी डलरबराबर पुगेको पनि बताएका छन्।

यो विवरण एलन मस्कका वकिलद्वारा अदालतमा सोधपुछका क्रममा सार्वजनिक भएको हो। मस्कले ओपनएआईविरुद्ध दायर गरेको मुद्दामा कम्पनीले गैर–नाफामुखी उद्देश्यबाट विचलित हुँदै नाफामुखी संरचना अपनाएको आरोप लगाएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मस्क पक्षले ब्रकम्यानको आर्थिक हितका कारण उनी अल्टम्यानप्रति पक्षपाती भएको हुनसक्ने दाबी गरेको छ। सुनुवाइमा ब्रकम्यानले आफू अल्टम्यानद्वारा समर्थित दुई स्टार्टअप सेरेब्रस सिस्टम र हेलियोन इनर्जीमा समेत लगानीकर्ता रहेको स्वीकार गरेका छन्। साथै, उनले अल्टम्यानको पारिवारिक फन्डमा समेत हिस्सेदारी रहेको बताएका छन्।

सन् २०१७ मा अल्टम्यानले ब्रकम्यानलाई आफ्नो पारिवारिक लगानी संरचनामा हिस्सेदारी दिएका थिए, जसको मूल्य त्यसबेला करिब १० मिलियन डलर थियो। सोही वर्ष ओपनएआईका शीर्ष अधिकारीहरूले उच्च लागतको कम्प्युटिङ पूर्वाधार जुटाउन कम्पनीलाई नाफामुखी संरचनामा रूपान्तरण गर्ने विषयमा छलफल गरेका थिए।

यो मुद्दाको नतिजाले ओपन एआईको भविष्य निर्धारण गर्न सक्ने देखिएको छ। सन् २०२२ मा च्याटबोट सार्वजनिक गरेपछि कम्पनीले एआई क्षेत्रमा व्यापक प्रभाव पारेको थियो र त्यसयता १०० अर्ब डलरभन्दा बढी लगानी जुटाइसकेको छ।

CG Motors
Garima Development Bank
IME remit

मस्कले अल्टम्यान र ब्रकम्यानलाई नेतृत्वबाट हटाउनुपर्ने माग गर्दै १५० अर्ब डलर क्षतिपूर्ति पनि माग गरेका छन्। उनले ओपनएआईले आफूबाट प्राप्त सहयोग र ३८ मिलियन डलर लगानीलाई गैर–नाफामुखी उद्देश्यका लागि प्रयोग गर्ने वाचा गरे पनि पछि निजी लाभका लागि संरचना परिवर्तन गरेको आरोप लगाएका छन्।

यस आरोपप्रति प्रतिक्रिया दिँदै ओपनएआईले मस्क कम्पनीमाथि नियन्त्रण कायम गर्न खोजेको र आफ्नो नयाँ एआई कम्पनीमार्फत प्रतिस्पर्धा बढाउन चाहेको आरोप लगाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.