काठमाण्डौ । ओपन एआईले जुन महिनासम्ममा १० अर्ब डलर आम्दानी गरेको छ । कम्पनीले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै एआई व्यवसायको विस्तारका कारण जुन महिनासम्म १० अर्ब डलर आम्दानी भएको जनाएको हो ।
यससँगै कम्पनीले सन् २०२५ का लागि निर्धारण गरेको आम्दानीको लक्ष्य पुरा हुने देखिएको छ । ओपन एआईले यो वर्ष १२.७ अर्ब डलरबराबरको आम्दानी गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको चर्चित च्याट जीपीटी एआई मोडलको लोकप्रियताका कारण आम्दानीमा राम्रो सुधार देखिएको छ । कम्पनीले आर्जन गरेको १० अर्ब डलरमा ओपन एआई ब्याकर माइक्रोसफ्टसँगको लाईसेन्सिङ आम्दानीलाई समावेश गरिएको छैन ।
गत वर्ष भने कम्पनी ५ अर्ब डलर स्टार्ट अप घाटामा थियो । गत मार्च महिनामा कम्पनीले ४० अर्ब डलर नयाँ फण्ड जुटाउने योजना रहेको जनाएको थियो ।