पठाओको राइडर बन्न कम्तीमा ८०% अंक ल्याई पास हुनुपर्ने
काठमाण्डौ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्ना राइडरका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ । अब पठाओको राइडर बन्नका लागि कम्तीमा ८० प्रतिशत अंक ल्याउनु पर्ने भएको छ । कम्पनीले राइडर दर्ताका लागि अनिवार्य अनलाइन प्रशिक्षण र परीक्षा प्रणाली लागू गर्दै आएको छ । यो परीक्षामा अब ८० प्रतिशत अंक ल्याई उत्र्तिण हुनु पर्ने कम्पनीले जनाएको छ ।