काठमाण्डौ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्ना राइडरका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ । अब पठाओको राइडर बन्नका लागि कम्तीमा ८० प्रतिशत अंक ल्याउनु पर्ने भएको छ ।
कम्पनीले राइडर दर्ताका लागि अनिवार्य अनलाइन प्रशिक्षण र परीक्षा प्रणाली लागू गर्दै आएको छ । यो परीक्षामा अब ८० प्रतिशत अंक ल्याई उत्र्तिण हुनु पर्ने कम्पनीले जनाएको छ ।
पठाओको राइडर बन्नका लागि बिलबुक, सवारी चालक अनुमतिपत्र तथा तेस्रो पक्षबिचमा अनिवार्य पेस गर्नु पर्ने व्यवस्था रहेको छ । इच्छुक व्यक्तिले कागजपत्र पेस गरिसकेपछि अनलाइन कक्षामा सहभागी हुनु पर्छ। उक्त कक्षामा ग्राहकसँग गुर्नपर्ने व्यवहार, डिजिटल वालेटको प्रयोग गर्ने,अर्डर लिने तरिकाका साथै कम्पनीका नियमहरू सिकाइन्छ ।
यस्तो प्रशिक्षणपछि कम्पनीले अनलाइन परीक्षा लिने गर्दछ । जसमा कम्तीमा ८० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था कम्पनीले गरेको छ ।