फाइनान्सहरुको नाफा १३३.४१% ले बढ्यो, सर्वाधिक कमाउनेमा मन्जुश्री र पोखरा
काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा ८२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् । कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३३.४१ प्रतिशत बढी हो । गत आवको ११ महिनामा फाइनान्स कम्पनीहरुले ३५ करोड ४४ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । सो अवधिसम्म आईपुग्दा ३ कम्पनीले मात्रै घाटा...

