आईतवार, असार २८,२०८३ 05:43:05
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:43:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फाइनान्सहरुको नाफा १३३.४१% ले बढ्यो, सर्वाधिक कमाउनेमा मन्जुश्री र पोखरा

Laxmi Sunrise Bank Limited
फाइनान्सहरुको नाफा १३३.४१% ले बढ्यो, सर्वाधिक कमाउनेमा मन्जुश्री र पोखरा

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा ८२ करोड ७२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १३३.४१ प्रतिशत बढी हो । गत आवको ११ महिनामा फाइनान्स कम्पनीहरुले ३५ करोड ४४ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।  

सो अवधिसम्म आईपुग्दा ३ कम्पनीले मात्रै घाटा ब्यहोरेका छन् भने बाँकी सबै नाफामा उक्लिएका छन् । गत आवको सोही अवधिसम्म भने ६ कम्पनीले घाटा ब्यहोरेका थिए ।  

सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । यो कम्पनीले २८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको तुलनामा १६.३९ प्रतिशत बढेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, पोखरा फाइनान्सले १५ करोड ५९ लाख, आइसीएफसीले १४ करोड १९ लाख, गुडविल फाइनान्सले ८ करोड ९५ लाख, गोर्खाज फाइनान्सले ६ करोड ४० लाख, वेष्ट फाइनान्सले ५ करोड ७९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ४ करोड ६९ लाख, गुहेश्वरी मर्चेण्टले ४ करोड ६६ लाख, सेन्ट्रल फाइनान्सले ४ करोड २३ लाख, रिलायन्स फाइनान्सले १ करोड ४३ लाख, समृद्धि फाइनान्सले १ करोड १४ लाख र मल्टिपर्पस फाइनान्सले १ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म तीन कम्पनी भने घाटामा छन् । नेपाल फाइनान्सले ७ करोड ९२ लाख, जानकी फाइनान्सले ३ करोड ३० लाख र प्राग्रेसिभ फाइनान्सले २ करोड ७० लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

गत आवको तुलनामा सर्वाधिक मुनाफा बढाउनेमा गुडविल फाइनान्स रहेको छ । यो कम्पनीको नाफा ४०४.४५ प्रतिशत बढेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.