काठमाण्डौ उपत्यकामा जग्गाको सरकारी मूल्य बढ्यो, दरबारमार्ग क्षेत्रमा प्रतिआना ७६ लाख पुग्दा अन्य स्थानमा कति ?
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका अधिकांश क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ का लागि जग्गाको न्यूनतम मूल्यांकन बढाइएको छ। भूमि प्रशासन कार्यालयहरूले रजिस्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि नयाँ मूल्य निर्धारण गरेसँगै उपत्यकाका प्रमुख व्यापारिक तथा आवासीय क्षेत्रको सरकारी जग्गा मूल्य बढेको हो।जग्गाको न्यूनतम मूल्यांकन बढेपछि अब खरिदबिक्री गर्दा देखाइने...

