सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत साउन २८ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको छ...