• सोमबार, भाद्र ३०,२०८२ 09:42:35
Global IME Bank Limited

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Hyundai Nepal
सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।  

यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तय भएकोमा देशमा सिर्जना भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै उक्त आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ २४ गते र ढिलोमा असोज ३ गते हुनेछ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.