काठमाण्डौ । सागर डिस्टिलरीले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधमिा १ करोड ५३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ७५ लाख रुपैयाँ घाटामा थियो ।
बिक्री आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले पहिलो त्रैमाससम्म बिक्रीमार्फत ५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३६.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले बिक्रीमार्फत २ करोड ५३ लाख आर्जन गरेको थियो ।
यस्तै कम्पनीले समीक्षा अवधिमा २७ लाख ७८ हजार रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च १ करोड ४९ लाख, प्रशासनिक तथा अन्य सञ्चालन खर्च २६ लाख ७६ हजार र बिक्री तथा वितरण खर्च १ करोड ३५ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.४४ रुपैयाँले ऋणात्मक रहेको छ ।

