काठमाडौँ । सागर डिस्टिलरीको आइपीओ बाँडफाड भइसकेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार १ लाख १९ हजार ६४ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
आइपीओ पाउने भाग्यमानी लगानीकर्ताहरू बीच यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारको लागि कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ।
कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १०६ रुपैयाँ ५२ पैसादेखि अधिकतम ३१९ रूपैयाँ ५६ पैसा सम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।
नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि उक्त कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ मूल्य तोक्ने गर्दछ। नेप्सेले प्रतिसेयर नेटवर्कको ३ गुणासम्म मूल्य तोक्ने गर्दछ ।
सागर डिस्टिलरीको आर्थिक वर्ष २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०६ रूपैयाँ ५२ पैसा रहेको छ।