सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर': नेपालको ७ प्रदेशमा हुने, धरान र जनकपुरबाट सुरु
काठमाण्डौ । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्थाअन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर – देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ।