बुधबार, असार १०,२०८३ 11:58:26
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:58:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिप्रदी र टाटा टियागो ईभीद्वारा आयोजित ‘cARTnival’ ले विद्यार्थी प्रतिभालाई दियो नयाँ उचाइ

Laxmi Sunrise Bank Limited
सिप्रदी र टाटा टियागो ईभीद्वारा आयोजित ‘cARTnival’ ले विद्यार्थी प्रतिभालाई दियो नयाँ उचाइ

काठमाण्डौ । बुढानिलकण्ठ स्कुलमा टाटा टियागो ईभीले आयोजना गरेको “cARTnival” अन्तरस्कुल चित्रकला महोत्सव अत्यन्तै रंगीन र उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ।

New Office
CG Motors
Garima Development Bank

सिप्रदी ट्रेडिङ, बुढानिलकण्ठ स्कुल आर्ट क्लब र सिप्रदीयन सहायता संस्थाको संयुक्त पहलमा भएको कार्यक्रममा १६ विद्यालयका ३७७ विद्यार्थीले आफ्ना कलाकृति प्रस्तुत गर्दै सिर्जनशीलताको शानदार प्रदर्शन गरे।

कार्यक्रममा १९ अनुभवी कलाकारको उपस्थिति विशेष आकर्षण बन्यो, जसले सहभागी विद्यार्थीलाई प्रत्यक्ष मार्गदर्शन गर्दै उनीहरूको कलात्मक क्षमतालाई अझ निखारिदिए।

दुई स्तर(कक्षा ५–८) र (९–१२)मा विभाजित यो महोत्सवमा चित्रकला प्रतियोगिता तथा कार्यशाला दुबै समावेश थिए। विद्यार्थीहरूले वातावरणीय सरोकार, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तन जस्ता विषयलाई रंग र रेखामार्फत अभिव्यक्त गर्दै आफ्नो कल्पनाशक्ति खुलेर प्रस्तुत गरे।

उपप्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्तजंग सिजापति र टाटा मोटर्स दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्कुलका प्रिन्सिपल केशर खुलालले यस्ता कार्यक्रमले विद्यार्थीको अभिव्यक्ति क्षमता, आत्मविश्वास र सीख्ने वातावरणलाई मजबुत बनाउने बताए। सिजापतिले भने कला मनोरञ्जन मात्र नभई ठूलो सामाजिक प्रभाव पार्ने अभिव्यक्तिको माध्यम भएको उल्लेख गरे।

“Move with Meaning” शीर्षकअन्तर्गत टाटा ईभीले सञ्चालन गरिरहेको सामुदायिक अभियानकै भागका रूपमा आयोजित यस कार्यक्रममार्फत युवा पुस्तामा वातावरणीय सचेतता र सामाजिक जिम्मेवारीबोधलाई बढाउने उद्देश्य अघि बढाइएको आयोजकहरूले जनाएका छन्।

सिप्रदी ट्रेडिङ र टाटा ईभीले यस्ता सिर्जनात्मक, शैक्षिक र सामुदायिक कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.