बुधबार, असार १०,२०८३ 12:01:10
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:01:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

Laxmi Sunrise Bank Limited
भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ

काठमाण्डौ । टाटामोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाण्डौ उपत्यकामा बढ्दो एक्सप्रेस–टी को प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो।

अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस टी का ग्राहकहरुले यताबाट पनि आफ्नो गाडीको सर्भिसिङ गर्न सक्ने भएका छन्। यस सर्भिस सेन्टरमा एक्सप्रेस–टी का लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ।

New Office
CG Motors
Garima Development Bank

साथै, फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ, जसले चालक तथा सञ्चालकहरूलाई थप सहजता प्रदान गर्नेछ।

सिप्रदी ट्रेडिङका अनुसार, हाल बालकुमारी, गोंगबु र भक्तपुरमा ‘एक्सप्रेस–टी का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन्।त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई अझ सुलभ र प्रभावकारी बनाएको छ।

कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ। कम्पनीका अनुसार, यो सर्भिस सेन्टरमार्फत सर्भिसिङ र चार्जिङ दुबै सुविधा एकै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकले समय, ऊर्जा र खर्चमा समेत बचत गर्न सक्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘एक्सप्रेस–टी’विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन र सुरक्षित संरचनाका कारण बजारमा अत्यधिक लोकप्रिय बनेको छ । प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुटस्पेस, बलियो निर्माण र कम सञ्चालन लागतका कारण यात्रु तथा सञ्चालक दुवैबीच यसको माग लगातार बढ्दो छ। यस ट्याक्सीमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टीको सुविधा प्रदान गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.