आईपीओको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यही असार २४ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा होटलकै सभाकक्षमा बिहान ९ बजे आयोजना हुनेछ ।