बुधबार, श्रावण १३,२०८३ 12:22:58
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:22:58
Bizshala
Global IME Bank Limited

ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त
New Office

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलर र ठमेल प्लाजाहोटल एण्ड सुइटसका तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  

म्पनीले रु.१०० अंकित  दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ ।  

ठमेल प्लाजा होटल एण्ड सुइटस् कामनपा वडा नं. १६, ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवम् सुविधा सम्पन्न भवनमा ४ तारा स्तरको होटल“रमदा इन्कोर काठमाण्डौ ठमेल”को नामबाट बिगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । यस होटलले हाल ९० वटा कोठा मार्फत आन्तरिक तथा बाह्य पर्यटक÷अतिथिहरुलाई सेवा प्रदान गरिरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.